चितवन । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको नमुना परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार शुक्रबार रातिसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । यस्तै, कालिका नगरपालिकाका दुई महिलासहित आठ जना, खैरहनी नगरपालिकाका दुई महिलासहित चार जना र रत्ननगरका दुई महिलामा कोरोना पुष्टि भएको हो ।

चितवनमा हालसम्म संक्रमितको संख्या एक हजार २३६ पुगेको छ । जसमा २९५ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया