चितवन । चितवनका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका चार जनासहित सात जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका संक्रमित सबै भरतपुर महानगरपालिकाका हुन् । भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब दिएका भरतपुर–२, ११, ८ र २८ का २ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु २४ देखि ७९ वर्ष उमेर समूहका छन् ।

यसैगरी सुर्खेतकी ४५ वर्षीया महिला, रौतहटकी २६ वर्षीया महिला र धनुषाका ३२ वर्षीय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

तपाईको प्रतिक्रिया