चितवन । रत्ननगर नगरपालिका वडा नं ५ टरौली संयुक्त आइसोलेसनमा रहेका आठ जना कोरोना मुक्त भएका छन् । दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

आइसोलेसनमा रहेका रत्ननगर नगरपालिकाका ४ जना, खैरहनीका २ र राप्तीका दुई जना कोरोना मुक्त भएको रत्ननगरको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना मुक्त भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा उपचार गरेर घर पठाइएको उनले जानकारी दिए ।

सो आइसोलेसनमा रत्ननगरको ५ जना, राप्तीका ६ जना, खैरहनीका ७ जना र कालिकाका ३ जना गरी २१ जना संक्रमित रहेको पौडेलले जानकारी दिए । पूर्वी चितवनका चारवटा नगरपालिकाले टरौलीमा संयुक्त आइसोलेसन सञ्चालन गरेका हुन् ।

तपाईको प्रतिक्रिया