चितवन । रत्ननगर-७, सौराहाकी एक महिलाले कोरोना जितेकी छन् । घरमै आइसोलेसनमा बसेर मुटुरोगको उपचार गराइरहेकी ७१ वर्षीय महिलाले कोरोना जितेकी हुन् ।

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस [सिएमएस]मा उपचारका क्रममा उनलाई भदौ ९ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछिघरमा बस्दै आएकी उनले कोरोना जित्न सफल भएकी हुन् ।

भदौ २७ गते गरिएको दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएकी हुन् । उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया