चितवन । चितवनमा आइतबार रातिसम्म थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा आइतबार कुल १७३ नमुना परीक्षण गरिएकोमा १४५ नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका, कालिका, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका छन् ।

भरतपुर महानगरपालिकाका ७ पुरुष र ४ महिला गरी ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २३ देखि ५२ वर्ष उमेर समूहका छन् भने महिलाहरु ३१ देखि ५५ वर्ष उमेर समूहका छन् । उनीहरु वडा नंं ५, ६, ८, १०, १२ र २८ का हुन् ।

यसैगरी कालिका नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ महिला र ५ जना पुरुष छन् । पुरुषमा २ वर्षीय बालकदेखि ४६ वर्ष उमेर समूहका छन् भने महिलाहरुमा ४ वर्षीया बालिकादेखि ४१ वर्ष उमेर समूहका छन् ।

यस्तै, रत्ननगर नगरपालिका–२ का ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी इच्छाकामना गाउँपालिका–५ का ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया