मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुलमा सवारी दुर्घटना भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार अाज बिहान ०८:२५ बजेको समयमा ईच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुल नजिकै काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना४ख ८०११ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका हुन ।

उक्त ठक्करबाट दुबै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाईते भई उपचारको लागि पुरानो मेडिकल पठाईएकोमा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । साे दुर्घटनाका कारण बाटो दुबै तर्फ अबरोध भएकाेमा खुलाउने कार्य भइ राखेको प्रहरीको भनाइ छ ।

.

तपाईको प्रतिक्रिया