चितवन । चितवनमा सोमबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा सोमबार कुल ३५८ नमुना परीक्षण गरिएकोमा चितवनका २३ जनासहित ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना रहेका छन् । जसमा १४ जना पुरुष र ७ जना महिला छन् । यस्तै, खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिलामा संक्रमिण पुष्टि भएको छ । यस्तै मकवानपुरका १५ जना, नवलपरासी पूर्वी गैँडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, सोमबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका चार जना रहेका छन् । जसमा दुई जना पुरुष र दुई जना छन् । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया