३१ भाद्र, चितवन। चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म अत्यावश्यक बाहेकका सबै पसल खुल्ने भएका छन् भने सवारी साधन पनि जाेर बिजाेर प्रणालीमा चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले यस अघि जारी गरेको निषेधाज्ञा आज राति १२ बजे बाट सकिने भएपछि भोलीदेखि केही परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी रहेकाे छ । भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्ने तयारी रहेकाे प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए ।

उनले भोली देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा भएकाे तर सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको जानकारी दिए । उनले जिल्लामा कोरोनाको जोखिम अवस्था अध्ययन गरी निर्णय लिनुपर्ने भएकोले साेकाे अध्ययन भैरहेकाे भन्दै काेराेना जाेखिम कम गर्न अपनाउनु पर्ने उपाय भने अनिवार्य गरिएकाे र साे नगरेकाे पाइएमा भने प्रशासनले कार्वाही गर्ने बताए । भट्टराईले धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोक्ने प्रशासनको तयारी रहेको बताए ।

तपाईको प्रतिक्रिया