१ असोज, चितवन । रत्ननगर नगरपालिकामा प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ । बाग्मती प्रदेशका सबै नगरपालिकामा प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राख्ने बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाको अभियान अन्र्तगत रत्ननगर नगरपालिकामा पनि सुझाव पेटिका राखिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक रबिन कार्कीले जानकारी दिए ।

उनले प्रहरी भनेको २४ सै घण्टा जनताको शान्ति शुरक्षा दिनका लागि लागि रहने भएपनि केहि एकाध प्रहरी कर्मचारीबाट कहि कतै समस्या आएमा वा देखिएमा सिंगो संस्थानै बधनाम हुने अवस्था हुने भएकाले त्यस्ता केहि समस्या गुनासो वा सुझाव भएमा नगरपालिकामा राखिएको गुनासो तथा सुझाव पेटिकामा आएर लेखेर खसाल्न सकिने बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले नगरपालिकामा प्रहरी कर्मचारीको गुनासो तथा सुझाव पेटिका राखेपछि यसले प्रहरीलाई अझ सजग बनाउन मद्दत पुग्ने बताइन । उनले रत्ननगरको शान्ति सुरक्षा कायम गर्न प्रहरी र जनता बिचको दुरी कम गर्न पनि यी यस्ता कार्यले सहयोग पुग्ने बताइन ।

तपाईको प्रतिक्रिया