अजित अधिकारी चितवन ।
बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्वको जनजीवन नै आक्रान्त बनिरहेका बेला यसको प्रभाव यतिखेर नेपालको शिक्षा क्षेत्रमा पनि देखिएको छ । शैक्षिक सत्र सुरु भएको झन्डै ५ महिना भन्दा बढी समय बितिसक्दा पनि कोरोनाको प्रकोपका कारण शिक्षण संस्थामा पठन पाठन सुचारु हुन सकिरहेको छैन । खासगरी विद्यार्थीको मनोबल उच्च राख्न र शिक्षाको ज्योतिलाई अझ फराकिलो गराउन र नियमित रूपमा कक्षाहरु बन्द रहँदा बैंकल्पिक सिकाईलाई दिगो र प्रभावकारी बनाउन माडीका सबै विद्यालयहरुमा कल सेन्टर स्थापना गरिएको हो । शिक्षासंग केन्द्रित रहेर बिहिवार माडी नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा सहभागी माडीका शिक्षक एबम जनप्रतिनिधिहरुले अहिलेको यो विषम परिस्थितिमा शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ । साथै विद्यार्थीको सिकाईको माध्यम अब बैकल्पिक के रहन सक्छ । लगाएतका विषयकमा छलफल गरिएको थियो । उक्त छलफल कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, नगर उप प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्प राज ढकाल, अयोध्या खोज अनुसंधान समितिका अध्यक्ष एबम नेकपाका नेता नारदमणी पौडेल, नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति एबम पुर्ब शिक्षक भागिरथ बस्याल, माडीका विभिन्न वडा प्रतिनिधि र विभिन्न शिक्षण संस्थामा कार्यरत शिक्षकहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि शिक्षण संस्था बन्द गर्नुपर्ने बाध्यात्मक अबस्थाले विद्यार्थीको सिकाई र पठन पाठनमा पर्न गएको असुबिधालाई मध्यनजर गरी सिकाई प्रक्रियालाई अझ सहज बनाउन माडीका प्रमुख विद्यालयहरुमा कल सेन्टर स्थापना गरिएको हो । माडीका सोमेश्वर माध्यमिक विद्यालय बरुवा र माडी माध्यमिक विद्यालय बसन्तपुरमा २/२ वटा तथा जनकल्याण माध्यमिक विद्यालय कल्याणपुर, कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगर, जनजीवन माध्यमिक विद्यालय खरकट्टा, खैरहनी माध्यमिक विद्यालय खैरहनी र आधारभूत विद्यालय बाँदरझुलामा १/१ वटा कल सेन्टरहरु स्थापना गरिएका हुन । यसैगरी कल सेन्टर हरेक दिन सुचारु गरिने छ । भने विद्यार्थीहरुले मोबाइल फोन, रेडियो, टेलिभिजन लगाएतका संचार माध्यम मार्फत सिकाई सहयोग पाउन सक्ने व्यवस्था मिलाईएको छ । साथै सिकाईको माध्यमका रुपमा विद्यार्थीहरुका लागि माडीमा रेडियो पाठशाला समेत संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया