२ असाेज, चितवन । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते काेराेना परिक्षणकाे लागि स्वाब दिएका नगर प्रमुख वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनले स्वाव दिएकाे एक सातापछि रिपोर्ट आएको हो ।

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि केही दिन देखि उनी घरमानै सेल्फ आइसाेलेसनमा बस्दै आएका थिए । त्यहि क्रममा उनले गत भदौ २८ मा काेराेना परिक्षणका लागि स्वाब दिएका थिए । केही दिनदेखि रत्ननगरमा बढि रहेकाे काेराेना संक्रमणका क्रममा संक्रमितलाई ब्यवस्थित गर्ने र कोरोना विरुद्धको अभियानमा उनी लागि रहेका थिए । साेहि कारणबाट उनि संक्रमित भएकाे आसंका गरिएको छ । अन्य खासै समस्या नदेखिएपनि भेट्न जाने हरुलाई उनले कुनै चिजकाे संवाद थाहा हुन छाेडेकाे बताउने गरेका थिए । त्यसबाहेक खासै समस्या नदेखिएकाे र अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया