अजित अधिकारी
चितवन । धान खेतिमा गवारो अर्थात धान डढ्ने राते रोग लागेपछि पछिल्लो समय माडीका किसानहरू मर्कामा परेका छन । यस बर्ष देशका विभिन्न भुभागहरुमा धान खेतीका लागि उपयुक्त समय रहेतापनि माडीमा भने तत्काल धान खेतीमा देखिएको समस्याका कारण किसानहरु चिन्तित देखिएका हुन । विशेषगरी माडीका विभिन्न क्षेत्रहरुमा यस्तो खालको समस्या देखिएको स्थानीय गणेश अधिकारीले नेपाली आवाज डटकमलाई जानकारी दिए ।

उनका अनुसार, वार, हर्दिनाथ, गोरख नाथ लगाएतका छिटो पाक्ने धानहरुमा धानको गाँजमा गोवरो लाग्ने र धानको जरा हुँदै बाला सम्मको भाग पुरै राते अर्थात डढ्ने समस्या देखिएको बताए । उनले किसानहरुको लागि सरकारले समयमा नै मल, बिउँ, र सिचाँइ सेवाको प्रयाप्तता गराउन नसक्नु तथा किसानहरुलाई कृषि सम्बन्धि परामर्श दिलाउन नसक्नु कारणले गर्दा धानमा समस्या देखिएकाे जिकिर गरे । सिचाँइ तथा खेतीका लागि राम्रो सम्भावनाको रुपमा रहेको भुमिको रूपमा विशेषगरी माडी क्षेत्रलाई चिनिन्छ ।
यहाँका अधिकांश मानिसहरु कृषि पेशामा निर्भर रहेका छन । खेतीयोग्य जमिनका रूपमा रहेका यहाँका उर्बर भुमिहरुमा हिउँद तथा बर्षाको समयमा धान, मकै, गहुँ, कोदो, जौं, फापर, लगाएतका खाद्यान्न बालीहरु लगाईनुका साथै तेलहन बालीको रुपमा तोरी, सर्सिउ, आलस, तिल, भटमास लगाएतका बालीहरु लगाइन्छ । यसैगरी दलहन बालीको रूपमा मास, मुसुरो, मुगु, रहर, राजमा लगाएतका बालीहरु लगाइन्छ । यसैगरी विभिन्न समय र बेमौसमी समयमा आलु, बन्दागोभी, काउली, बोडी काँक्रा, लौका, घिरौंला, फर्सी, चिचिन्यो, सिमी, चिप्लेभेन्डि, भेन्टा लगाएतका लहरे तथा हरिया तरकारीहरु लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया