चितवन । भरतपुरमा बिषालु सर्पले डस्दा एक बालककाे मृत्यु भएकाे छ भने दुईको अवस्था गम्भीर रहेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार शुक्रबार राति ११:५० बजेको समयमा भरतपुर म.न.पा. १९ शरदानगरमा आफ्नै घरमा सुति रहेको अबस्थामा बिषालु सर्पले डस्दा २ वर्षका बालक रायन रामदामकाे उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ०५:५० मा मृत्यु भएको हाे ।
साेहि सर्पले डस्दा उनकी आमा बर्ष २६ की रुबी सुनारकाे अवस्था पनि गम्भीर रहेकाे र भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अर्कि ५६ वर्षकी केशरी बि.क. काे अबस्था गम्भिर रहेकाले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया