कम्प्युटर फ्याकल्टी एसोसियसन चितवनकाे दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट सुरु भएकाे छ । कम्प्युटर फ्याकल्टी एसोसियसन (सिफ्यान) चितवनको आयोजनामा एमएस टिम्स तथा अनलाईन परिक्षा मुल्याङ्कन पद्धती बिषयमा दुइदिने कार्यशाला भर्चुअल माध्यमबाट शनिबारदेखि औपचारिक रुपमा शुरुवात भएको हाे।

भर्चुअल माध्यमबाट संचालन भएकाे उक्त कार्यशालामा प्रमुख अतिथी प्रा. डा. कुशुम शाक्य अन्य अतिथि हरु क्रमशः प्रा. डा. सुवर्ण शाक्य, इ. प्रचण्डराम श्रेष्ठ, प्रा. दयाराम पौडेल, जगदीश्वर खनाल लगाएतले मन्तव्य राखेका थिए। सिफ्यान चितवनका अध्यक्ष हरी सापकोटाको अध्यक्षतामा भएकाे उक्त कार्यक्रम सचिव नारायण प्रसाद दाहालले संचालन गरेका थिए भने कार्यक्रममा शुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

आज (आईतबार) सम्म संचालन हुने उक्त कार्यक्रममा शनिबार प्रा. डा. सुवर्ण शाक्यले अनलाईन परिक्षा मुल्याङ्कन पद्धती तथा दिपेन्द्र बज्राचार्यले एमस टिम्सको बारेमा प्रशिक्षण दिएका थिए भने आज डा.गंगाराम गौतम र प्रशान्त धेवजुले प्रशिक्षण दिने कार्यक्रम रहेकाे छ ।

तपाईको प्रतिक्रिया