अजित अधिकारी, चितवन ।
माडीका धानमा देखिएको समस्या फड्के किरा रहेको विशेषज्ञले जिकिर गरेका छन् । माडीका अधिकांश क्षेत्रहरुमा फड्के किराका कारण धान बालीमा समस्या देखिएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्यायले नेपालीकाे आवाज डटकमसंग बताए ।

साथै उनले उक्त किराले पानीमा फुल एबम लार्भा उत्पादन गर्ने र धानको गाँजमा असर गरेर गोवरो लाग्ने र नलिमा रहेको रस चुसेर धानको बालामा प्रभाव पार्ने र दाना लाग्न तथा लागेको दानाको पौष्टिक तत्व सबै फड्के किराले चुसेर लिने गरेका कारण यस्तो समस्या भएको बताए ।

यसैगरी उनले समयमा नै धान बालीमा उचित मल, बीउ, बिजनको अभाव एबम पानीको बढी प्रयाप्तता भएका कारणले पनि यस्तो अबस्था सिर्जना भएको जिकिर गरे । यसैगरी उपाध्यायले संक्रमण भएको धानमा पानी जम्न दिन नहुने बताए । उनले, फड्के किराले संक्रमण गरेको धानमा उपचार गर्नुभन्दा तत्काल संक्रमित भएको धान काटिहाल्नु पर्ने सुझाब दिए । यस्तै संक्रमितको सुरुवातमा रहेको धानमा विशेषज्ञको सल्लाहा अनुसार इमिडा क्लोरोपीडा, फिप्रोनिल जस्ता औषधी फड्के किराको निदानको रूपमा रहेको बताए । यसैगरी माडी नगरपालिका २ का वडा अध्यक्ष एबम कृषि तथा सहकारी सम्योजक ईश्वरी प्रसाद ढकालले किसानलाई तत्काल राहत भन्दा पनि किसानको धान बालीमा लागेको रोगको निवारण गर्नुपर्ने पहिलो प्राथमिकता रहेको बताए ।

यसैगरी ढकालले किसानलाई निशुल्क वा सहुलियत तरिकाले रोग निवारणको किटनाशक औंषधी बितरण गर्न आँफुले सक्दो प्रयास गर्ने बताए । उता मानो रोपेर मुरी उब्जाउने समयमा मुखमा आएको खेती नराम्रो संग बिग्रीदा किसानहरु चिन्तित भएका छन ।

तपाईको प्रतिक्रिया