काठमाडौँ । कोभिड–१९को सङ्क्रमणबाट सोमबार एकैदिन ११ जिल्लाका १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको मृत्यु भएको जानकारी दिए । जसमा तीन महिला र १३ पुरुष छन् ।

यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हुने सङ्क्रमितमध्येबाट ०.७ प्रतिशत हो । मुलुकमा अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार मृत्यु हुनेमा काठमाडौँ जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् । यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय पुरुष तथा बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् । यस्तै विगत २४ घन्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । रासस

तपाईको प्रतिक्रिया