बुटवल । बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पश्चिम नवलपरासी र अर्का कपिलवस्तु जिल्लाका हुन् ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका ३ निवासी ४९ वर्षीय पुरुषको बुधबार बिहान ४ बजे बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । कोभिड १९ पोजेटिभ भई भदौ २७ गते अस्पतालमा भर्ना भएका उनमा ज्वरो, कलेजो र स्वासप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ निवासी ५० वर्षीय पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको हो । असोज १ गते अस्पतालमा भर्ना भएका उनमा ज्वरो, मधुमेह र स्वासप्रश्वासमा समस्या रहेको थियो । दुवै जनाको कोरोना विशेष अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।

तपाईको प्रतिक्रिया