चितवन । चितवनमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा ९ निवासी ७४ वर्षका एक पुरुष रहेको चितवन मेडिकल कलेजका अस्पताल निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।
असोज ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई अस्पतालमा भर्ना भएका उनलाई असोज ९ गते कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा राखी उपचार गरिएकोमा शुक्रबार राति १२ः१८ बजे मृत्यु भएको सिएमसीले जनाएको छ ।












