काठमाडौँ । नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १२०७ सहित ७१ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ११४७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । जुन कुल संक्रमितको ७३।८१ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ७२४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १९ हजार ८४९ पुगेको छ । जसमा काठमाडौँमा कुल १६ हजार ३६३, ललितपुरमा २ हजार ७८ र भक्तपुरमा १ हजार ७३२ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार १९ जनासहित हालसम्म ९ लाख ७८ हजार २०४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ३३१ जना क्वारेन्टाइनमा र १८ हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया