अजित अधिकारी चितवन ।
माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर देखि माथी रहेको घडेनी डाँडा हुँदै चारै दिशातिर बहेका नदि एंव राम जन्म भुमीको सम्भाब्यताको रूपमा रहेको सो क्षेत्रको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल सहितको जनप्रतिनिधिको टोलीले स्थलगत अध्यन एबम अबलोकन गरेको छ । शास्त्रीय प्रमाणका आधारमा घडेनी डाँडादेखिको क्षेत्र उपयुक्त रहेका कारण र माडीमा अयोध्याधाम बनाउनको लागि समेत सो क्षेत्रका मानिसहरु जग्गा उपलब्ध गराउन राजी भएका कारण नगर प्रमुख ढकाल सहितको टोलीले सम्भाबित राम जन्म भुमीको शनिबार स्थलगत अबलोकन गरेको हो ।

अबलोकनका क्रममा टोलीले स्थानीय वासिन्दाहरुसँग छलफल साथै उनीहरुको बिचार एंव प्रतिक्रिया सहित जग्गाको समेत अबलोकन गरिएको थियो । उक्त अबलोकन कार्यक्रममा नगर प्रमुख ढकालले अयोध्याधाम निर्माणका लागि यस क्षेत्र पनि उपयुक्त रहेको धारणा सहित सम्बन्धित निकायमा यसबारेमा पहल गर्ने बताए । यसैगरी केही दिनमा नै पुरातत्त्व बिभाग एबम सम्भाबित क्षेत्रको डिपिआर गर्नको लागि सस्कृती बिभाग लगाएतका टोलीहरुको उपस्थिति माडीमा रहने हुँदा उपयुक्त भुमीको खोजी निर्माण र प्रक्रिया बाट नै अगाडि बढ्न सकिने बताए । यसैगरी उक्त अबलोकन कार्यक्रममा आएका टोलीलाई नेपालका धार्मिक अभियान्ता कृष्णा नन्द बत्स र अयोध्याधाम निर्माण समितिका संयोजक धर्मराज खनालले अयोध्याधाम निर्माणका लागि उपयुक्त जग्गा रहेको र यस क्षेत्र नै रामजन्म भुमी रहेको शास्त्रीय प्रमाण एबम आधारहरु मिल्न जाने विषयकमा प्रकाश पारेका थिए ।

अवलोकन कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, वडा नं ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, माडी पर्यटन बिकास समितिका अध्यक्ष एबम माडी ३ का वडा अध्यक्ष पुरन महतो, माडी ४ का वडा अध्यक्ष चन्द्रदिप महतो, बसन्तपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष शशिधर बराल, नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति भागिरथ बस्याल लगायतका सामाजिक व्यक्तित्व एबम स्थानीय वासिन्दा र पत्रकारहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया