काठमाडौँ । नेपालमा शनिबार १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ८८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । जुन कुल संक्रमितको ७३.४४ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ८०९ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २० हजार ६५८ पुगेको छ । जसमा काठमाडौँमा कुल १६ हजार ९९६, ललितपुरमा २ हजार १८२ र भक्तपुरमा १ हजार ८०४ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार १२३ जनासहित हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार २८१ जना क्वारेन्टाइनमा र १९ हजार १९ जना आइसोलेसनमा रहेका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । देशभर ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२५ जना आइसियूमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया