चितवन । चितवनमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नारायणगढदेखि पटिहानीसम्म साइकल ¥याली गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवन तथा साइकल राइडर्स क्लबको आयोजनामा आज विश्व पर्यटन दिवस २०२० को अवसरमा ¥याली गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ नारायणगढबाट शुरु भएको ¥याली भरतपुरको गणेशस्थान बाइपास रोड हुँदै जखडीमाई साइकल ट्रेलबाट, गोन्द्राङ, राइनो ताल, बिसहजारी ताल र छितामाई हुँदै पटिहानी पुगेको थियो । ¥यालीमा ४० जनाको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले पर्यावरण जोगाउने, पर्यटन प्रवद्र्धन र साइकल चढेर शारीरिक रुपमा स्वस्थ बन्नको लागि ¥यालीको आयोजना गरिएको बताए । उनले कोरोनाको महामारीबाट व्यापार, व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधि धरासायी भएकाले साइकल पर्यटनबाट भए पनि केही आशा जगाउने प्रयास गरिएको बताए ।

चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकल सिटीको अवधारणा ल्याई सोही अनुसार पूर्वाधारहरु बनाउन माग गरेको छ । क्लबले चितवनमा साइकल मार्ग निर्माण गरी साइकल पर्यटनको विकास गर्न र साइकलसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु राख्न आठबुँदे पत्रसहित स्थानीय तह, उद्योग वाणिज्य सङ्घमा माग राखेको हो । रासस

तपाईको प्रतिक्रिया