चितवन । चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा सोमबार परीक्षण गरिएका २६८ नमुनामध्ये ४५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये चितवन बाहिरका ५ जना रहेका छन् ।

कोरोना पृष्टि हुनेमा भरतपुर महानगरका ३३, खैरहनीका २ र रत्ननगरका २ जना रहेका छन् । यस्तै, गैँडाकोट २ र १० का एक एक पुरुष, देवचुली ११ का एक महिला र कावासोती ३ का एक पुरुष, काठमाडौँ, ललितपुर, धनुषा र बाराका एक एक पुरुष रहेका छन् ।

सोमबारै भरतपुर कोभिड प्रयोगशालामा परीक्षण गराएका २३६ मध्ये १३ जनाका कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया