अजित अधिकारी चितवन । माडी नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणस्थलको लागि रीउ र घाँघर खोलाको दोभानलाई छनौट गरेको छ ।
माडी नगरपालिका वडा नं. ९ र ८ को सीमाक्षेत्रमा रहेको करीब १०० बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने चौरलाई अयोध्याधाम निर्माणस्थलका रुपमा छनौट गरिएको नगर कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले नेपाली आवाज डटकमलाई जानकारी दिए । अयोध्याधाम निर्माणका लागि सो पार्कलाई केन्द्र मान्दै यसअघि नै डि.पि.आर. निर्माण सुरुवात गरिएको थियो ।

उक्त बैठकले रामधाम निर्माणको बैंकल्पिक स्थान एवं ओमकार पार्क र जटायु पार्क निर्माणस्थलका रुपमा पाँचपाण्डव, वडा नं. ७ को शनि मन्दिरको क्षेत्र र गणेशकुञ्ज लगायतलाई प्रस्ताव गर्ने पनि निर्णय गरेको सुबेदीले बताए ।

उता अयोध्याका अध्येता लोकमणि पौडेलले माडी नगरपालिका ७ स्थित शनि मन्दिरदेखि करिब १ कि.मि भित्र रहेको सम्भाबित राम जन्मभुमीको रूपमा रहेको घडेनी डाँडा देखिको क्षेत्र एबम रामधाम निर्माणका लागि स्थानीयबासीले उपलब्ध गराएको जमीनको अबलोकन गरेका छन ।

पौडेलले देबेन्द्रपुरस्थित धार्मिकस्थल बुलबुले र दिवानगरमा रहेको रेवा त्रिबेणी धामको पनि अवलोकन गरेका हुन । अवलोकनका क्रममा पौडेलले अयोध्याधाम निर्माणका लागि शास्त्रीय प्रमाणका आधारमा उपयुक्त भुमी एबम भुगोल मिल्नुपर्ने तर्क गरे । उनले अयोध्याधाम निर्माण हुनु भनेको माडीको समग्र बिकास हुनु भएकाले यस विषयमा बिवाद भन्दा पनि सबै एकजुट भएर अयोध्याधाम निर्माणमा लाग्नुपर्ने बताए । माडीको जुनसुकै स्थानमा निर्माण भएपनि सो मानव बस्तीबाट मन्दिरको गजुर देखिनुपर्ने तथा रेवा नदीबाट दक्षिणी दिशातिर हुनुपर्ने उनको भनाई थियो ।
स्थलगत अवलोकनका क्रममा माडी ७ मा गठित अयोध्या निर्माण समितिका अध्यक्ष धर्मराज खनाल, धार्मिक अभियन्ता कृष्णानन्द वत्स र स्थानीय शंकर आचार्य, मदन पौडेल लगायतको सहभागितामा उक्त टोलीले माडी ७ का प्रस्तावित स्थानहरुको अवलोकन गरेको थियो । अबलोकन पश्चात् अयोध्याका अध्येता लोकमणी पौडेलले अयोध्या खोज अनुसन्धान ब्यबस्थापन समितिका संयोजक नारदमणी पौडेलसंग केही बेर भेत बार्ता गरेका थिए । यसैगरी मंगलबार नै हुने भनिएको भाबी कार्ययोजनाको विषयकमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, अयोध्या खोज अनुसन्धान समितीका सम्योजक, राम चरित्र मानचका अभियन्ता तुल्सिराम कँडेल लगाएतका ब्यक्तित्वहरुसंग भाबी कार्यक्रमका विषयकमा भेटघाट एबम छलफल गर्ने कार्यक्रम रहेतापनि प्राबिधिक कारणबश मंगलबार भेटघाट हुन नसकेपछि अबको केही दिनमा नै उनिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको अयोध्या खोज अनुसन्धान ब्यबस्थापन समितिका संयोजक नारदमणी पौडेलले बताए ।

तपाईको प्रतिक्रिया