महेश पाण्डे
चितवन । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो २० औं शाखा टाँडीमा सुरु गरेको छ । कोरोना भाइरसका कारण सामान्य कार्यक्रमको आयोजना गरि बुधवार रत्ननगर – २, टांडीमा २० औं शाखाको उद्घाटन गरिएको टाँडी शाखा प्रमुख आशिस ढकालले जानकारी दिए । सो शाखाको केन्द्रिय कार्यलयका मानव सञ्चालन बिभाग प्रमुख केशव खनाल र कर्जा बिभाग प्रमुख दिक्पाल श्रेष्ठको हातबाट उद्घाटन गरिएको हो ।
टाँडी शाखा प्रमुख ढकालले कोरोना महामारीमा पनि आम सर्वसाधरणलाई बैकिङ्ग कारोबारमा सहज बनाउन लागि रत्ननगर शाखाको सुरुवात गरिएको नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले बैंकमा आउने ग्राहकलाई सुरक्षाको उपाए अपनाउदै सहज ढंगबाट सेवा प्रवाह गर्न आफुहरु कटिबद्ध रहेको बताए ।

रिलायन्स फाइनान्स लिमिटेडले मिति २०६६/८/१० मा नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी मिति २०६६/०८/१८ बाट संस्थाको प्रधान कार्यालय प्रदर्शनी मार्गबाट आफनो कारोबार शुरु गर्दै आएको छ । सो संस्थाले का.म.न.पा. २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर , कोहलपुर, अत्तरीया , दमक, विर्तामोड र धुलाबारी शाखा कार्यालय खोली कारोबार गर्दे आइरहेको छ ।

हाल सो संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई SCT Network ATM, विभिन्न रेमीटेन्स सेवाहरु , सी आस्वा (C –ASBA) , IPS , Connect IPS सेवा, ABBS सेवा,, Electronic Cheque Clearing (ECC), SMS Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life apps)समेतका सेवा प्रदान गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया