चितवन । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रत्ननगरमा १०४ वर्षीया बृद्ध सुवेदीलाई सम्मान गरिएको छ । प्रस्तावित निवृत्त बाैद्धिक समाज संगठन रत्ननगर १० र १३ काे आयाेजनामा बिहिवार रत्ननगर-१३ मा भएकाे कार्यक्रममा साेहि स्थान निवासी सबै भन्दा जेष्ठ १०४ वर्षीया बृद्ध पुर्ण बहादुर सुवेदीलाई खादा र अविर लगाई सम्मान गरिएकाे संस्थाका तदर्थ समिति संयाेजक हुतराज पन्तले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले बृद्ध अवस्थामा रहेका नागरिकको हाैषला बढाउन र समाजमा बृद्धहरुकाे सम्मान गर्नुपर्ने धारणालाई अझ बलियो बनाउन पनि कार्यक्रमकाे आयाेजना गरिएकाे बताए ।

कार्यक्रममा प्रमुख अतिथि शक्तिसाली आमा समुहकी अध्यक्ष बिरञ्जना घिमिरेले जेष्ठ नागरिक बुवा आमालाई सधैं माया गराै, सम्मान गराैं, ठेस लाग्ने कुरा कसैले नगराै, आज हामिले हाम्रा बुवा आमा प्रति जे गरिरहेका हुन्छाै पछि हाम्रा सन्तानले पनि तेहि सिक्ने हुनाले राम्रो संस्कार सिकाै अनि पछिका पुस्तालाई हस्तान्तरण गराै भन्ने धारणा राखेकी थिइन ।

डा. बुद्धि प्रसाद ढकालले कार्यक्रम सञ्चालन तथा लावण्य राज पन्तले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा नवराज पाठक, दुर्गा कुमारी खनाल, दयाराज पाठक, सुमित्रा पाण्डे लगाएतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।












