काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै उच्च अर्थात् २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । मृत्यु हुनेमा मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ वर्षीय पुरुष र ७० वर्षीय पुरुष, भक्तपुरका ६१ र ५१ वर्षीया महिला, काठमाडौँका ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतका ७५ वर्षीया महिला रहेका छन् ।

एकैदिन कोरोना संक्रमण निको भई ३३०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । जुन कुल संक्रमितको ७३.६२ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप १६३८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२८०, ललितपुरका १६२ र भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २५ हजार ८९२ पुगेको छ । जसमा काठमाडौँमा कुल २१ हजार १८६, ललितपुरमा २ हजार ७७० र भक्तपुरमा २ हजार २६० जना रहेका छन् ।

देशभर संक्रमित हुनेमा मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३र२३ जना रहेका छन् ।

यस्तै, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५र१५ जना, बारा र लमजुङका १४र१४ जना, सिन्धुली, कास्की र कैलालीका १३र१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११र११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०र१० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, बर्दियाका ९ जना, अछाम र डोटीका ८र८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७र७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६र६ जना, धनुषा र बझाङका ५र५ जना, रौतहट र गोरखाका ४र४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३र३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २र२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १४ हजार ७३९ जनासहित हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८८५ जना क्वारेन्टाइनमा र २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।

२१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ७६० जना होम आइसोलेसनमा र ९ हजार ४७४ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २१० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया