धादिङ । धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् ।

अस्पतालको आकस्मिक, ज्वरो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए ।

नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । जिल्लामा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया