काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६५ जना सुरक्षाकर्मी रहेको बताइएको छ ।
संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्यसमेत रहेका छन् ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ । प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो ।












