महेश पाण्डे
चितवन । साना किसान कृषि सहकारी संस्था लि.ले बिरेन्द्रनगरमा निर्माण गरेको सार्वजनिक शौचालयको उद्घाटन गरिएको छ । राप्ति नगरपालिका–७, बिरेन्द्रनगर चोकमा निर्माण गरिएको सो सार्वजनिक शौचालयको आज (मंगलबार) एक कार्यक्रम गरि उद्धघाटन गरिएको हो ।

आर्थीक वर्ष २०६६/६७ सालमा नै जिल्ला बिकास समिति चितवनले सो शौचालय निर्माणका लागि करिब ३८ लाख ८६ हजार ९ सय २० को लागत अनुमान गरेको भएतापनि करिब ९ वर्षको अन्र्तरालपछि करिब २६ लाख ५६ हजार २ सय ६० को लागतमा सो शौचालयको निर्माण सम्पन्न गरिएको साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष हरि प्रसाद पौडेलले जानकारी दिए ।

उनले बजेट अभावको कारणलेनै सो शौचालय निर्माणको काम ढिला भएको बताउदै बजारमा आएजस्तो ६० लाखको लागत देखाएर निर्माण समितिले पैसा हिनामिना गरे भन्ने आरोप गलत मानसिकता भएका मानिसको नाजायज प्रचार मात्र भएको बताए । उनले भने “करिब २७ लाखको लागतमा काम सम्पन्न भएको छ, ६० लाख खर्च गरे भनेर मिडिया बाजि पनि गरियो तर पनि हामीेले शौचालय निर्माण सम्पन्न गरि छाडेका छौ, त्यस्तो कुनै नियत यसमा थिएन र छैन पनि ।”

पौडेलले अझै शौचालय अगाडिको टायलिङको काम र पछाडी खाना बनाउन मिल्ने गरि ट्रस गरेर टहरो निर्माण गर्न बाँकी रहेको बताउदै बजेट ब्यवस्थापन हुने बित्तिकै सोे काम पनि अगाडी बढ्ने बताए । उनले अघिल्लो वर्षनै शौचालयको उद्धघाटन गर्ने सोच बनाएको भएपनि त्यसको लागि केहि रकम अपुग भएकोमा राप्ति नगरपालिकाले २ लाख दिने भनेकोमा सो नदिएका कारण शौचालय निर्माण सम्पन्न हुन नसकेका कारणले उद्धघाटन नगरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि राप्ति नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराज थपलीयाले ढिलै भएपनि शौचालयको आम्दानी र खर्चको बिवरण सार्वजनिक भएकोमा खुसी ब्यक्त गरे । उनले खर्च गरिएको भन्दा बढि हल्ला भएकोले शौचालय निर्माण ढिला हुन पुगेको भएतापनि अब भने सो शौचालय बिरेन्द्रनगरको मुख्य चोकमा रहेकाले यसलाई अझ ब्यवस्थित गरेर सञ्चालन गर्न निर्माण समितिलाई आग्रह पनि गरे ।

शौचालय निर्माण समितिका संयोजक तथा कार्यक्रमका सभापति बालानन्द कंडेलले शौचालय बिरेन्द्रनगर बजारको छेउमा भएकाले यसको ब्यवस्थापनको लागि त्यहाँका ब्यवसायीको भुमिका मुख्य हुने बताए । उनले पुर्व पश्चिम महेन्द्र राजमार्गको छेउमानै शौचालय भएको र यात्रीहरुको जमघटपनि त्यहि हुने भएकाले सो क्षेत्रको ब्यवसायको पर्वद्धनमा पनि सहयोग पुग्ने जिकिर गरे ।















