अजित अधिकारी चितवन । माडीमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । माडी नगरपालिका ३ स्थित बसन्तपुर बजारको खुल्ला खेलमैदान प्राङ्गण परिसरमा माडीका सामाजिक राजनितिक तथा शैक्षिक ब्यक्तित्व स्व. नेता दिवाकर भुसालको १७ औं स्मृति दिबसको अबसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वब्यापी महामारीको रूपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्वको जनजीवन आक्रान्त बनिरहेका बेला हुन सक्ने रगत अभावलाई मध्यनजर गरि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रममा १२ जना महिला र ७१ जना पुरुष गरि ८३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति भागिरथ बस्यालले बताए । उनले यस्तो महामारीको समयमा पनि सबैले मानबियता नै धर्म हो भन्ने भाबनाको बिकासमा सबै लागेकोमा खुशी व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा माडी, भूपु बिद्यार्थी समाज नेपाल, र दिवाकर स्मृति बिद्यालय रमाइलो डाँडा लगाएतका संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल रहेका थिए । यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा, लगाएतका विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया