चितवन । चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शुक्रबार गरिएका २१५ नमुनामध्ये १६ वटा नमुनाको नतिजा पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १३ जना छन् । जसमा महानगरका वडा नं २, ४, ७, ८, १०, १२ र १४ का १६ देखि ६४ वर्षसम्मका ५ महिला र ८ पुरुष छन् । उनीहरुको विभिन्न क्वारेन्टाइन, भरतपुर अस्पताल, पुष्पाञ्जली अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, खैरहनी ६ को क्वारेन्टाइनमा रहेका दुई वर्षीय बालक र ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी, कालिका ६ को क्वारेन्टाइनमा रहेका ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया