चितवन । पूर्वी चितवनको खैरहनी १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको मृत्यु भएको छ ।

क्यान्सरबाट पीडित पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ः३० बजे मृत्यु भएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए । ४१ वर्षीय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो ।

पाण्डेमा दुई दिनअघि कोरोना संक्रमणसमेत पुष्टि भएको थियो । पाण्डे स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । पाण्डेका श्रीमती, एक छोरा, एक छोरी छन् ।

तपाईको प्रतिक्रिया