चितवन । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोरोनामुक्त भएका छन् । होम आइसोलेसनमा रहँदा अवस्था सुधार उन्मुख नभएपछि भरतपुर कोभिड आइसियूमा उपचार गराएका उनको बिहीबार दोस्रोपटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । पोखरेल अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् ।

असोज १५ गते कोरोना पुष्टि भएका पोखरेल एक हप्ता होम आइसोलेसनमा बसेका थिए । एक हप्तासम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई २२ गते अस्पताल भर्ना गरिएको थियो ।

कोरोनामुक्त भएका प्रमुख पोखरेलले कोरोनालाई सामान्यरुपमा लिन नहुने बताए ।

तपाईको प्रतिक्रिया