चितवन । खैरहनी ४ मेलमिलापचोकमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ ।

‘वी’ को संयोजन एवं हेमोफिलिया सोसाइटी नेपाल र प्राइम नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा चार महिलासहित ४४ जनाले रक्तदान गरेका थिए । स्थानीय समाजसेवी रामनाथ न्यौपानेले उद्घाटन गरेको कार्यक्रम वीका संयोजक अमृत अधिकारीको सभापतित्व एवं खैरहनी ४ का वडाध्यक्ष देवबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा हेमोफिलिया सोसाइटी नेपालका महासचिव एवं ब्लड डोनर्स एसोसिएसन नेपालका पूर्वकेन्द्रीय सदस्य दीपक न्यौपाने, प्राइम नेपालका कार्यकारी निर्देशक अनुप अधिकारीले रक्तदानको औचित्यमाथि प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया