चितवन । चितवनमा पछिल्लो २४ घन्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सिएमसीमा गरिएको ३७२ वटा नमुना परीक्षणमा १४१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवन ९९ जना रहेका छन् ।

जसमध्ये भरतपुर महानगरपालिकाका ८० जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, राप्ती नगरपालिकाका ३ जना, माडी, कालिका र इच्छाकामनाका एकरएक जना रहेका छन् ।

यसैगरी गोरखाका ३ जना, लमजुङका १ जना, मकवानपुरको हेटौंडाका ४ जना, नवलपुर कावासोतीका २ र गैंडाकोका १२ जना, देवचुलीका ३ र मध्यविन्दुका २ जना गरी १९ जना, रुपन्देहीको बुटवलका २, सर्लाही, तनहुँ, मोरङ, रौतहट, सुर्खेत, कपिलवस्तु, महोत्तरी, काठमाडौँ, गुल्मी, कास्की, धनुषा र धादिङका एक÷एक जना रहेका छन् ।

तपाईको प्रतिक्रिया