चितवन । माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालयकाे स्थापना गरिएको छ । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर बजारमा मंगलबार नेपालीको आवाज डटकमको सम्पर्क कार्यालयकाे उद्घाटन गरिएको हाे । उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा माडी नगरपालिकाकी नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन ।

कार्यक्रममा माडी ३ का वडा अध्यक्ष एबम पर्यटन बिकास समितिका अध्यक्ष पुरन महतो, माडी २ का वडा अध्यक्ष ईश्वरी प्रसाद ढकाल अयोध्या खोज अनुसन्धान एबम ब्यबस्थापन समितिका अध्यक्ष नारदमणि पौडेल ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेल, जनजीवन माध्यमिक बिद्यालयका प्रधानाध्यापक शोभाखर गौतम देबेन्द्रपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिनोद सुवेदी लगाएतका विभिन्न सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम उदघाटनका क्रममा नगर उप प्रमुख महतोले माडी बिकासको लागि पत्रकारिताको माध्यमबाट पत्रकार अजित अधिकारीले खेलेको भुमिकालाई प्रशंसा गर्दै नेपालीको आवाज सम्पर्क कार्याल माडीमा स्थापना भएकोमा खुशी ब्यक्त गरिन । उनले पत्रकार अधिकारीलाई सत्य, तथ्य, र निश्पक्ष समाचार सम्प्रेषणमा आवाज र कलम चलाउन आग्रह गरिन । यसैगरी सो उद्घाटन कार्यक्रममा अयोध्या खोज अनुसन्धान एबम ब्यबस्थापन समितिका अध्यक्ष नारदमणि पौडेल माडी २ का वडा अध्यक्ष ईश्वरी प्रसाद ढकाल, माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो लगाएतका सामाजिक ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा सबैले नेपालीको आवाज डटकम र पत्रकार अधिकारीले माडीमा पत्रकारिताको माध्यम बाट खेलेको भुमिका माथी प्रकाश पारेका थिए । सामाजिक ब्यक्तित्व कृष्ण बहादुर रानाभाटले सहजीकरण गरेको उक्त कार्यक्रम माडी ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया