चितवन । चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस)मा उपचारका क्रममा कोरोना सङ्क्रमित खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्धको मृत्यु भएको कलेजले जनाएको छ ।

निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत गैँडाकोट ७ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १७ गते सर्पको टोकाइबाट अस्पतालमा भर्ना भएका उनमा १८ गते कोरोना पुष्टि भएको थियो । कोभिड आइसियूमा उपचारका क्रममा मंगलबार ९ः ५६ मा मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया