अजित अधिकारी चितवन ।
माडी नगरपालिका ८ स्थित कान्तिपुरमा सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीको बुधबार कृषि मन्त्री दावा दोर्जे लामाद्वारा अबलोकन एबम धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको उद्धघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृषि मन्त्री दावा दोर्जे लामा रहेका थिए ।

यसैगरी बिशिष्ट अतिथिमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उप प्रमुख ताराकुमारी काजी महतो, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर लगाएतका सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यसैगरी अतिथिहरुमा प्रदेश सांसद रामलाल महतो, नेकपाका प्रभु महतो, ओबनाथ पाण्डे, नेपाली काँग्रेसका नगर सदस्य ढाकामोहन तिमिल्सिना लगाएतका विभिन्न पार्टीका प्रतिनिधि एबम माडीका सबै वडा प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लामाले माडी कृषि प्रधान क्षेत्र रहेकाले यहाँको माटो उर्बर र खेती योग्य भुमी भएको बताए । साथै उनले, माडी कृषि प्रधान क्षेत्र मात्र नभई धार्मिक ऐतिहासिक स्थलका रूपमा समेत अगाडि रहेको जिकिर गर्दै, भुगोलका आधारमा बसोबासका हिसाबले विभिन्न जातजातिको धर्म सस्कृती र रितिरिवाजका रूपमा समेत माडी सुसज्जित क्षेत्रका रुपमा परिचित रहेको बताए ।

मन्त्री लामाले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभुमि र अयोध्याका विषयकमा उदघोष गरे पश्चात् माडी चर्चाको शिखरमा पुगेको र निकट समयमा नै माडी मणि बन्ने बताए । यसैगरी शिबजी गाएकले सहजीकरण गरेको कार्यक्रम सुर्यदय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ईन्द्रबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया