चितवन । माडी नगरपालिका वडा नं. ३ स्थित इनार बरुवामा जुवा खेल्दै गरेका ७ जनाको समूहलाई ईलाका प्रहरी कार्यालय माडीले पक्राउ गरेको छ । उनिहरुको साथबाट प्रहरीले नगद ५७ हजार ७ सय ७५ रुपैया बरामद गरेको छ । पछिल्लो समय माडीमा चोरी डकैती एबम हो हल्ला गर्ने क्रम बढेपछि प्रहरीले माडीमा कडा निगरानी बढाएको छ । बिहिवार दिउँसोको समयमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज संग बताए । साथै उनले प्रचलित कानुनी व्यवस्था अनुसार कारबाहीका लागि जिल्ला चलान गरिने जानाकारी दिए ।

तपाईको प्रतिक्रिया