चितवन । माडी नगरपालिका ५ स्थित क्षेत्र वरपर रहेका एकल तथा अपाङ्ग र अति बिपन्न बर्गका १५ घर परिवारलाई खाध्यान्न सामाग्री आइतबार वडा अध्यक्ष रामबन्धु पोख्रेलको नेतृत्वमा बितरण गरिएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण यसले खासगरी काम गरेर खाने बिपन्न मजदुर बर्गहरुलाई असर पारेको हुँदा दशै मनाउन नसक्ने बिपन्न गरिब परिवारहरुको लागि वडा कार्यालयको तर्फबाट एकल परिवारका लागि १५ किलो चामल र परिवार हुनेका लागि २५ किलो चामल बितरण गरिएको छ । यस संगै दाल, नुन, तेल, र साबुन समेत बितरण गरिएको माडी ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेलले नेपाली आवाज डटकम संग जानकारी दिए ।

उनका अनुसार सुत्केरी महिला र बच्चाको लागि पाेसिलाे खानेकुरा समेत उपलब्ध गराइएको बताए । राहत बितरण कार्यक्रममा वडाध्यक्ष पोख्रेलले नेपालीहरुको महान पर्व बिजया दशमी शुभ दिपावली, नेपाल सम्बत, मह पुजा र छठ पर्बको सबैमा शुभ कामना दिँदै सभ्य र सरल रुपमा चाडपर्व मनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया