चितवन । माडीमा रामचरित मानसको सामुहिक पाठ पारायण हुने भएकाे छ । माडीमा भगवान रामको जन्मभुमीका विषयकमा खोज एबम अनुसन्धान भइरहेका बेला अयोध्यापुरीमा रामचरित मानसको सामुहिक पाठ पारायण यहि कार्तिक १८ गते हुने अयोध्या खोज अनुसन्धान एवं ब्यबस्थापन समितिका संंयाेजक नारदमणि पौडेलले नेपाली आवाज डटकमसंग बताए ।

उनका अनुसार, नेपालीमा अनुबादित सो पुस्तकको शुन्दर काण्डको पारायण सम्भाबित राम जन्मभुमी क्षेत्रका रुपमा रहेको अयोध्यापुरीमा गर्न लागिएको हो । यसैगरी सोर्ह्रौ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अबधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुबाद गरेपछि नेपालसंगै बिश्वका धेरै देशहरुमा यसको सर्बब्यापकता बढेको छ । अयोध्या खोज अनुसन्धान एबम ब्यबस्थापन समिति माडी र श्री रामजानकी अनुसन्धान एबम अध्ययन मण्डल अमेरिकाको संयुक्त आयोजनामा सामुहिक पाठ पारायण गर्न लागिएको हो । यसैगरी माडी कार्यपालिकाको बैठकले जमिन छुट्टाएर मन्दिर लगाएतका धार्मिक संरचनाहरुको निर्माण प्रक्रिया पनि अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया