अजित अधिकारी, चितवन ।
माडी नगरपालिकाको सभाहलमा बिहिवार पत्रकार सम्मेलन गरि ४९ औं कार्यपालिकाको बैठकको प्रस्ताव एबम निर्णयहरु सार्बजनिक गरिएको छ । उक्त बैठकले ७ बुँदे प्रस्ताव सहित कार्यबिधी तयार पारेको छ । जसअनुरुप नगर कृषि तथा पशु बिकास बिधेयक २०७७ र नगर जनस्वास्थ्य बिधेयक २०७७ लगाएतका विभिन्न शिर्षकमा योजनाबद्ध सूचीगत तरिकाबाट नगर बिकासका कार्यक्रमहरु जनपक्षिय योजनाबद्ध ढंगबाट अगाडी बढाउन आर्थिक एबम सामाजिक तवरले अगाडि बढ्ने प्रतिबद्धता सहित कार्यबिधी पारित गरिएको हो ।

साथै विभिन्न क्षेत्रहरु समेतिएको आबधिक बिकास योजनाहरुको मस्यौदा तयारपारी चार महिने समयावधि अनुरुप नगर कार्यपालिकालाई जिम्मेवारी दिइएको छ । यसैगरी बजेट तथा ठेक्कापट्टाका लागि प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाललाई अख्तियारीको जिम्मा दिइएको छ । यसैगरी सो बैठकले नगर कृषि तथा पशु बिकास बिधेयक, नगर जनस्वास्थ्य बिधेयक र नगर सहकारी बिधेयक बनाउन कार्यपालिकालाई सैद्धान्तिक जिम्मेवारी सहित बिमा र युवा स्वरोजगार सहितको कार्यबिधी अगाडि बढाउने सहमती भएको हो । यसैगरी माडीका धार्मिक एबम ऐतिहासिक क्षेत्रको बस्तुगत अबस्थाको बिकास र कृषि पर्यटन फलफुल तथा च्याउ खेती प्रबर्द्धन सहितका योजनाहरुलाई समेत समाबेश गरिएको माडी नगर कार्यपालिकाका प्रबक्ता शिबहरी सुबेदीले नेपाली आवाज डटकमसंग बताए। उनका अनुसार, खेलकुदको बिकासलाई पनि समाबेश गर्दै लैजाने सहमती अनुरुप माडी नगरपालिका ५ स्थित घर भइ नेपालको तर्फबाट भर्चुअल बिश्व कराँते (काँता) च्याम्पियनसिपमा रजत पदक बिजेता ओपन कन्ट्री अनलाइन गेम नेपालको तर्फबाट स्वर्ण, सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँ राष्ट्रिय खेलकुदमा रजत पदक बिजेता सशस्त्र प्रहरी जवान सुबास घतानेलाई सम्मान गर्ने समेत निर्णय गरिएको प्रबक्ता सुबेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया