काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४०९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख २१ हजार ९५८ पुगेको छ ।

हाल क्वारेन्टाइनमा २ हजार ६६६ र आइसोलेसनमा ३८ हजार ३५७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १६ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया