अजित अधिकारी चितवन । अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समितिको आयोजनामा शुक्रवार माडी नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि । माडी यतिबेला चर्चाको शिखरमा रहेको हो । यस बिषयकले केन्द्रस्तरबाट नै प्राथमिकता पाएपछि माडी नगरपालिकाले समेत यस विषयमा हार्दिकता पूर्वक स्वागत गर्दै, यो समयमा नगरपालिकाले धार्मिक आधार एबम प्रमाणहरुको खोजीनीति एबम खोजमुलक गतिविधि र बहस एबम छलफल गर्दै आइरहेको छ ।

यसैगरी रामायणमा उल्लेख भए अनुसार भुगोल, नाम र यहाँका तिर्थस्थलको अबस्था अध्ययन गरि आबश्यक छलफल प्रक्रियामा नगर कार्यपालिका समिती सहित अगाडि बढिरहेको छ । जस अनुरुप पुरातात्त्विक महत्त्वको खोजी कार्यलाई समेत तिब्रता दिइएको छ । यसैलाई मध्यनजर गर्दै अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समिती माडी र श्री रामजानकी अनुसन्धान एबम अध्ययन मण्डल अमेरिकाको संयुक्त आयोजनामा माडी नगरपालिका ९ स्थित गणेशकुन्जामा रहेको राम मन्दिर परिसरमा राम चरित मानसको पाठ पारायण गर्न लागिएको माडी नगर कार्यपालिकाका प्रबक्ता शिबहरी सुबेदीले नेपाली आवाज डटकमसंग बताए । सो विषयमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा चितवनका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले माडी नगर प्रमुख ढकालसंग माडीमा निर्माण हुन लागेको अयोध्या लगाएतका विषयमा र सुकुम्बासी समस्याका विषयकमा समेत मेयर ढकाललाई प्रश्न गरेका थिए ।

यो संगै पत्रकारहरुले मेयर ढकाललाई यस क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस विषयमा किन मौन ? भन्ने पत्रकारहरुको प्रश्न पश्चात् नगर प्रमुख ढकालले नेपाल धर्म निरपेक्ष राष्ट्र भएकाले मन्दिर बन्नुमा राम्रो रहेको तर्क गरे । यो संगै उनले सुकुम्बासी समस्याको विषयकमा समेत आँफुले निरन्तर आवाज उठाएको र चेपाङ्गहरुको बस्ती निर्माण गर्ने विषयकमा सकारात्मक रहेको प्रतिक्रिया जनाउदै उनले छिटै घर निर्माण गर्ने बताए । साथै उनले सुकुम्बासी जनताहरुको विषयमा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीसंग बहस एबम छलफल भएको बताए । यसैगरी यसै क्षेत्रका सांसद एबम नेकपाका अध्यक्ष समेत रहेका पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग पनि छलफल भएको र उनी यस विषयमा सकारात्मक रहेको बताए । नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, श्रीराम संस्थाका पुजारी तुल्सीराम आचार्य यसैगरी विभिन्न वडाका वडा प्रतिनिधि एबम शिक्षक समाजसेबी, पत्रकार लगाएतको सहभागीता रहेको थियो । यसैगरी सोही कार्यक्रममा माडी नगरपालिका ५ स्थित ब्रह्ममपुरीका कराँते खेलाडी सुबास घतानेलाई नगर प्रमुख ढकालद्वारा सम्मान गरिएको थियो । माडी नगरपालिकाका सुचना अधिकारी प्रबिन भण्डारीले सहजीकरण गरेको कार्यक्रम अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समिती माडीका सदस्य एबम नगर कार्यपालिकाका प्रबक्ता शिबहरी सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया