अजित अधिकारी चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुर सामुहिक खेतीका लागि प्रमुख आकर्षण बन्दै गएको छ । सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीमा करिब ५० बिगाहा जमिनमा धान तथा तरकारी बालीहरु लगाइएको छ । भने सामुहिक पाडा तथा बाख्रा पालनका लागि समेत कृषि फर्महरुको निर्माण गरिएको छ । भने पर्यटकहरुलाई बस्नको लागि आबासको रुपमा घरहरु समेत निर्माण गरिएको छ । यसैगरी विभिन्न सभा सम्मेलनका लागि सभाहल समेत निर्माण गरिएको छ ।

केही दिन अगाडि कृषि मन्त्री दावा दोर्जे लामाद्वारा सामुहिक खेतीको अबलोकन एबम धान काट्ने कम्बाइन हार्वेस्टर मेसिनको समेत उदघाटन गरिएको थियो ।

माडी धार्मिक एबम ऐतिहासिक स्थलका रुपमा मात्र नभई कृषि क्षेत्रका रुपमा समेत परिचित छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भु भागका रुपमा सुसज्जित सो क्षेत्र प्राकृतिक भु बनोटले समेत रमणिय छ । यसैगरी उक्त सामुहिक खेतीदेखि झण्डै १ कि.मी दक्षिण तिर माडीकै परिचित धार्मिक क्षेत्रको रुपमा बैकुण्ठेश्वरधाम रहेको छ । यहाँ बर्षको एक पटक बालाचुर्दशीका दिन मेला लाग्ने गर्दछ । यस क्षेत्रको थुप्रै विशेषताहरु रहेको छ । यसैगरी सो क्षेत्र नजिकै बैकुण्ठे ताल समेत रहेको छ ।

यहाँ थुप्रै कलाकृतिबाट निर्मित एबम प्राकृतिक दृश्यहरु पाउन सकिन्छ । यसैगरी १०८ वटा शिव लिंगको निर्माण गरिएको छ । शिव लिंगको दर्शन गर्नाले हिन्दु धर्ममा सन्तान नभएकालाई सन्तान प्राप्त हुने । परिवारमा सुमधुर र माधुर्यता छाउने जनबिश्वास रहेको छ । बालाचतुर्दशीका दिन यस क्षेत्रमा सत बिज छर्ने समेत प्रचलन छ । धान, मकै, गहुँ, जौ लगाएतका अन्नहरु छर्दा मनोकामना पूरा हुने । र आँफू मरेपछि पनि भोको रहनु नपर्ने जस्ता धार्मिक जनबिश्वास रहदै आएको छ ।

तपाईको प्रतिक्रिया