काठमाडौँ । नेपालमा आज सोमबार थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २४ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा थप ३१५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ । हाल क्वारेन्टाइनमा २ हजार ११९ र आइसोलेसनमा ३७ हजार ५२४ जना रहेका छन् ।












