अजित अधिकारी, चितवन ।
माडी नगरपालिका ६ स्थित कल्याणपुरमा एक स्थानीयको घरमा आगलागी भएको छ । आफ्नो घरको फोहोर जलाउने क्रममा कल्याणपुर निवासी स्थानीय रामचन्द्र महतोको बिहिवार अपरान्ह ४ बजेको समयमा घरमा खरको छानामा आगलागी हुँदा घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मानबीय क्षति नभएको तर घरमा भएका भाँडाकुँडा तथा जिन्सी सामान एबम महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको पीडित महतोले बताए ।
उनका अनुसार, झण्डेै १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

उक्त आगो माडी नगरपालिकाको दमकलको सहायतामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो निभाउन सफल भएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज डटकमसंग बताए ।











