चितवन । रत्ननगरका हेमराज महतोले मोबाइल खरिद गर्दा एमआइ टिभि उपहार प्राप्त गरेका छन् । रत्ननगर-१, सौराहा चोक स्थित सगरमाथा मोबाईल हाउसबाट मोबाईल किनेका महतोले ४३ इन्चको एमआइ टिभी उपहार पाएका हुन् ।

सगरमाथा मोबाईल हाउसले दशै तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको हो ।

लक्की ड्रमा रत्ननगर-८ का महतोलाइ ४० हजार बराबरको टिभी उपहार प्राप्त गरेको सगरमाथा मोबाईल हाउसका संचालक शंकर पौडेलले जानकारी दिए । उनले १३ हजारको नोकिया सि थ्री मोबाईल खरिद गरेका थिए । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको थियो । लक्की ड्रका प्रमुख अतिथी पुर्बी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले गोला थुतेका थिए ।

शनिबार टिभी प्राप्त गरेका महतो जिल्ला बाहिर रहेकाले अनुकुल समय मिलाएर हस्तान्तरण गरिने संचालक पौडेलले बताए । एक बर्से उपहार योजना अन्तर्गत आगामी २२ गते ओप्पोको स्माट मोबाइल फोन उपहार प्राप्त गर्ने सगरमाथा मोबाईल हाउसका संचालक पौडेलले बताए । एक एक महिनामा मोबाइल खरिद गरेका बिच प्रत्येक महिनाको २२ गते लक्की ड्र गरिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया