चितवन । लायन्स तथा लियाे क्लबकाे संयुक्त आयोजनामा रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । लायन्स तथा लियाे क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स तथा लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा रत्ननगरमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । साे रक्तदान कार्यक्रममा “रक्तदान जिवन दान” भन्ने मुल भावलाई आत्म साथ गर्दै १०८ जनाले रक्तदान गरेका थिए ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनको प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा LCI District 325 B2 अन्तर्गतका District Deputy Coordinators लायन दिपेन्द्र खतिवडा र योगेन्द्र नाथ अधिकारि, District Department Chiefs लायन कृष्ण लाल श्रेष्ठ र शुरेश चन्द्र आचार्य, Region Chairperson लायन भिश्म प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी, रत्ननगर उपशाखाका सभापति गोविन्द श्रेष्ठ, Zone Chairpersons लायन अनिल पाठक र ओम लाल सापकोटा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

साे कार्यक्रममा बोल्दै मेयर नारायण वनले लायन्स र लियो क्लबहरुले गरेका बिभिन्न मानवीय सेवाका कार्यहरूको उच्च प्रशंसा गर्दै कार्यक्रमको पुर्ण सफलताको कामना गरेका थिए । उनले कोरोना सङ्क्रमितहरुलाई Plazma Therapy को आवश्यकता पर्ने हुनाले कोरोना सङ्क्रमणबाट निको भएका ब्यक्तिहरुको Plazma सङ्कलन गरि सहयोग गर्नपनि सबैलाई आग्रह पनि गरे ।

लायन्स क्लब अफ रत्ननगर पिसका संस्थापक अध्यक्ष कृष्ण लाल श्रेष्ठ र लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सुर्य रेग्मिले संयुक्तरूपमा संयाेजन गरेकाे साे
कार्यक्रमको संचालन लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन सुरेश चन्द्र आचार्यले गरेका थिए भने कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष किशाेर चालिसे र लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष नगेन्द्र बेलबासे  तथा सह अध्यक्षता दुबै लियो क्लबका अध्यक्षहरु क्रमशः लियो क्लब अफ रत्ननगर मिड नेपालका  अध्यक्ष बिनय खडका र लियो क्लब अफ रत्ननगर पिसका अध्यक्ष सुभाष अर्यालले गरेका थिए ।

तपाईको प्रतिक्रिया